मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकार सम्मेलन गरेर निर्वाचन केन्द्रित अभियान घोषणा गर्दै देउवा

पत्रकार सम्मेलन गरेर निर्वाचन केन्द्रित अभियान घोषणा गर्दै देउवा

फागुन २९ देखि चैत २९ सम्म एक महिने 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित अभियान सञ्चालनका लागि देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो। 

आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ।

फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।

सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन भनेका थिए। उनले पार्टीका उम्मेदवारले जित्ने गरी चुनावी अभियान प्रभावकारी बनाउनसमेत निर्देशन दिएका थिए।

प्रकाशित: Mar 09, 2022| 09:51 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...