मंगलबार, भदौ २, २०८३

कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

नेपाल तरुण दल भानु नगर समितिले मंगलबार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले मंगलबार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। 

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो। ‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू काँग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ’, उनले भने। कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त काँग्रेसले जित्नुपर्ने धारणा राखे। निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पारे। 

प्रकाशित: Mar 09, 2022| 09:30 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...