बिहीबार, माघ ८, २०८२

'बलिया'विरुद्ध बागमतीको 'ब्याक टू ब्याक' जित

सी डिभिजन छनोटको तयारी गरिहेको बागमती युवा क्लबले पहिलो खेलमा ए डिभिजन लिगको तेस्रो टिम एनआरटीलाई मात्र हराएन, लिग विजेता मछिन्द्र पनि बागमती सामु टिक्न सकेन।
 |  मंगलबार, फागुन २४, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, फागुन २४, २०७८

धनगढी- ए डिभिजनका 'बलिया' भनिने टिमले यो वर्षको सुदूरपश्चिम खप्तड गोल्डकपमा अपेक्षाकृत राम्रो खेल प्रदर्शन गर्न सकेका छैनन्। सी डिभिजन छनोटको तयारी गरिहेको बागमती युवा क्लबले पहिलो खेलमा ए डिभिजन लिगको तेस्रो टिम एनआरटीलाई मात्र हराएन, लिग विजेता मछिन्द्र पनि बागमती सामु टिक्न सकेन। 

National life

ए डिभिजनमा १३ खेल लामो जितको यात्रा गरेको मछिन्द्रले देशकै सर्वाधिक पुरस्कार राशीको गोल्डकपमा भने जित निकाल्न सकेन। निर्धारित ९० मिनेटसम्म गोल गर्न नसकेपछि उसले पेनाल्टीमा ४–२ को हार व्यहोर्नुपरेको थियो। 

‘हामीले खेलमै जित्ने भन्ने सोचेका थियौँ तर गोल भएन,’ खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘बागमती पनि नियमित अभ्यास गरिरहेको टिम हो।’

बागमतीको जितका लागि अमन श्रेष्ठ, इमल घलान, निकोलस फर्नान्डेस र अनिल राना मगरले गोल गरेका थिए। दिवस लिम्बूको पेनाल्टी भने गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए।

बागमतीविरुद्ध मछिन्द्रका लागि रञ्जित धिमाल र विमल घर्तीमगरले मात्र गोल गर्न सके। नेपाल सुपर लिगमा धनगढी टिमकै मार्कीसमेत रहेका विशाल र आमोलोजा नुर्लान करिमले पोस्टबाहिर प्रहार गरेपछि मछिन्द्रले हार खेप्नुपरेको थियो।

Laxmi sunrise bank
kumari

‘हामीले पहिलो खेलमा पनि लिगको उपविजेतालाई जितेको। तेस्रो भएको टिमलाई जित्न सकिन्छ भने उपाधि जितेको टिमलाई किन हराउन सकिँदैन भन्ने थियो। हामीले जित्यौँ,’ खेलपछि प्रशिक्षक रोजित केसीले भने, ‘हाम्रो रणनीति सफल भयो। सी डिभिजनको तयारी गरिरहेको टिमले पनि ए डिभिजन क्लबलाई हराउन सक्छ भन्ने भयो नि!’

‘हामीले जित्ने भन्ने सोचेका थियौँ तर गोल भएन,’ खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘बागमती पनि नियमित अभ्यास गरिरहेको टिम हो।’

प्रशिक्षक रोतिजका अनुसार लिग खेल्ने क्लबलाई मात्र नभएर मोफसलका साना टिमलाई पनि लगानी गर्नुपर्छ भन्ने प्रेरणा भएको छ। उनले आफ्नो टिमले ठूलो टिमलाई हराएको देख्दा त निकै राम्रो देखिएको बताए। ‘सी डिभिजन छनोटको लागि नियमित अभ्यास गराइरहेका छौं। त्यसले पनि यो सबै भएको हुनुपर्छ,’ प्रशिक्षक केसीले भने। लिग च्याम्पियनलाई हराएपछि बागमतीका खेलाडीको पनि मनोबल बढेको प्रशिक्षक केसीको भनाइ छ। 


प्रकाशित: Mar 08, 2022| 21:58 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...