मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बार एसोसिएसनमा २५ पदका लागि ८३ जना उम्मेदवार, गठबन्धन र एमाले निकटबीच चर्को प्रतिस्पर्धा

बार एसोसिएसनमा २५ पदका लागि ८३ जना उम्मेदवार, गठबन्धन र एमाले निकटबीच चर्को प्रतिस्पर्धा

नेपाल बार एसोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि २५ पदमा ८३ उम्मेदवार मैदानमा उत्रिने भएका छन्। निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि २५ पदमा ८३ उम्मेदवार मैदानमा उत्रिने भएका छन्। निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।

बार निर्वाचनमा मुख्यतयाः सत्तारुढ गठबन्धन र नेकपा एमाले निकट वकिलहरूको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्षमा एमाले निकट पीपीएलएबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र सत्ता गठबन्धनबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रतिस्पर्धामा छन्। अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ पनि अध्यक्षका उम्मेदवार छन्।

बार निर्वाचनका लागि उषा मल्ल पाठक प्रमुख निर्वाचन अधिकृत र सानुभाइ शाक्य, सानुराज पोखरेल, नरेन्द्रकुमार केसी र सुरेन्द्रकुमार महतो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।

हेर्नुस् उम्मेदवारहरुको सूची


प्रकाशित: Mar 08, 2022| 17:59 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...