सोमबार, असोज २६, २०८३

हरियो रंगको चुनाव चिह्‍नमा ओलीको आपत्ति

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने निर्वाचन आयोगको निर्णय अमान्य हुने बताएका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने निर्वाचन आयोगको निर्णय अमान्य हुने बताएका छन्।

मंगलबार काठमाडौंमा नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘केका लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको’ भनेर प्रश्न गरे। 

उनले भने, ‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे! कुन हिसाबले राख्न लागेको हो हरियो? यो राजनीतिक हिसाबले राख्ने हो? कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको? सबै चिन्ह रुखैरुख देखुन् भनेर हरियो राख्न खोजेको हो कि! मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन। मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ। कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध, के हो यो?’

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो। 


प्रकाशित: Mar 08, 2022| 15:50 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...