मंगलबार, भदौ २, २०८३

परमादेशी शक्ति असत्यका प्रतीक हुन् : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन्। 

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा यस्तो बताएका हुन्। सत्य र असत्यबीच बेलाबेला लडाईं हुने दृष्टान्त दिँदै ओलीले आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीबीचको लडाईं भएको बताएका हुन्। अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि दाबी गरेका थिए। 

‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ। कहिले रावण र रामका बीचमा हुन्छ। कहिले पाण्डव र कौरवका बीचमा हुन्छ। कहिले कृष्ण र कंशका रुपमा हुन्छ। अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ,' ओलीले भने, 'आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो। असत्यको प्रतीकको लडाईं भनेको परामादेशी शक्तिहरू हुन्। जनादेशको पक्षमा रहेका जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट नेकपा एमाले अघि बढ्ने दाबी गरेका थिए। 

प्रकाशित: Mar 08, 2022| 14:45 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...