मंगलबार, भदौ २, २०८३

चुनाव केन्द्रित अभियानमा कांग्रेसले के-के गर्दैछ?

फानुन २९ देखि चैत १ गतेसम्म कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन गर्न लागेको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले अभियान थाल्न लागेको हो। फानुन २९ देखि चैत १ गतेसम्म कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन गर्न लागेको हो।

अभियानका क्रममा देशभरका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिध खटाउने भएको छ। यस्तै एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य समेत तय गरेको छ। जहाँ एमसीसी परियोजना माथि छरिएका भ्रम निवारण गर्ने योजना देखि कांग्रेस नेतृत्वले गरेका राम्रा कामको प्रचार समेत गरिने उल्लेख छ। 

मंगलबार काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको छलफलमा बाँडिएको पत्रमा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण बारेपनि जनतालाई जानकारी दिने उल्लेख छ। 

जिल्ला-जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सानेपा बोलाएर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन समेत दिइसकेका छन्। 

यस्ता छन् अभियानमा संचालन गरिने कार्यक्रम

प्रकाशित: Mar 08, 2022| 13:35 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...