मंगलबार, भदौ २, २०८३

जसपाका ९ केन्द्रीय सदस्यसहित चार सय नेता-कार्यकर्ता एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रममा जसपाका ९ जना केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्य र भातृ संगठनका तीनजना अध्यक्षसहित चार सय कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ।

यसअघि जसपाका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ पनि एमाले प्रवेश गरेका थिए।

प्रकाशित: Mar 08, 2022| 13:22 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...