काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि खटाउँदैछ। फागुन २९ गतेबाट ‘घरघर, कांग्रेस जिताउ’ अभियान सुरु गर्न लागेको कांग्रेसले देशभर केन्द्रीय नेतालाई खटाउने भएको हो।
अभियानका क्रममा कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ। अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए।
देशभर खटिने केन्द्रीय प्रतिनिधिहरुलाई सभापति शेरबहादुर देउवाले अहिले निर्देशन दिइरहेका छन्। केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाएर देउवाले निर्देशन दिइरहेका हुन्।