मंगलबार, भदौ २, २०८३

गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका हुन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका हुन्।

क्षेत्रीसँगै युवा नेता कृष्ण क्षेत्री र एमाले जिल्ला  सदस्य  सुभाष सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीले फागुन ४ गते उनले पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको घोषणा गरेका थिए।

उनी एमालेमा रहँदा बागमती प्रदेश सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए। एमालेमा सामन्तवादी सोच र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएकाले आफूले ४० वर्षदेखि क्रियाशील पार्टी त्यागेको उनले बताएका थिए।

तत्कालीन जिविस सदस्यसमेत भएका क्षेत्री एमाले भित्र चर्चित नेतामा पर्थे। निर्वाचन क्षेत्र नं. १ मा राम्रो जनाधार भएका उनको बर्हिगमनले एमालेलाई ठुलो धक्का पुगेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ। एमालेमा रहँदा उनी तत्कालीन बरिष्ठ नेता माधव नेपालसँग नजिक थिए। नेपाल एकीकृत समाजवादी दल गठन गरेर त्यता गए पनि क्षेत्री एमालेमै बसेका थिए।

प्रकाशित: Mar 08, 2022| 11:42 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...