मंगलबार, भदौ २, २०८३

स्थानीय तह निर्वाचन : उम्मेदवार चर्चा

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

म्याग्दी- म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन्। 

राजनीतिक वृत्तमा भावी उम्मेदवारको चर्चा समेत सुरू भएको छ। प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन्। उनीहरूले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन्। यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्ता समेत छन्।

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा बेनी नगरपालिकाको निर्वाचन भने निकै पेचिलो बन्ने देखिएको छ। सो नगरपालिकाको प्रमुखमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए पनि निर्वाचनका लागि सम्भावित गठबन्धनका लागि समेत पहल शुरू भएको बताइएको छ।

जिल्लाका सम्पूर्ण राजनीतिक दल अहिले संगठन विस्तार तथा सुदृढीकरण अभियानमा गाउँ पसेका छन्। पार्टी प्रवेश गराउने, सदस्यता वितरण गर्ने, संगठन विस्तार गर्ने क्रम तीव्ररूपमा चलेको छ। केही युवाहरूले आफ्नो भाबी कार्ययोजनासहित स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरिसकेका छन्।

निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भीड लाग्न शुरू भएको छ। बेनी–३ का दलबहादुर घर्तीले आफ्ना वडाका जनप्रतिनिधिबाट राम्रै काम भएको जनाउँदै अबको निर्वाचनमा पनि उनीहरुलाई नै मौका दिने हो भने गाउँको विकास छिटो हुने प्रतिक्रिया दिए।

यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन्। कतिपय व्यक्तिले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई आग्रह समेत गरेका छन्। कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुनसक्ने नेताहरू बताउँछन्।

स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ।

जिल्लामा सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्रभित्र यी पार्टीका नेता कार्यकर्तामा महत्त्वाकांक्षा र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। समग्रमा पार्टीभित्र यसअघि देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारण स्थानीय निर्वाचनमा यसको असर टड्कारोरूपमा देखिन सक्ने नेताको अनुमान छ। यसपटक राजनीतिमा युवाहरूको विशेष आकर्षण देखिएको छ। 

प्रकाशित: Mar 08, 2022| 09:20 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...