मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल बारको नेतृत्वको लागि गठबन्धनबाट घिमिरे र एमालेबाट अधिकारीको उम्मेदवारी

नेपाल बारको नेतृत्वको लागि गठबन्धनबाट घिमिरे र एमालेबाट अधिकारीको उम्मेदवारी

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट कानुन व्यवसायीहरुको संगठनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट कानुन व्यवसायीहरुको संगठनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्। 

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले अध्यक्षका लागि गोपालकृष्ण घिमिरेको नाम अघि सारेका छन्। त्यसैगरी नेकपा एमाले निकट प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट अध्यक्षका लागि विष्णुमणि अधिकारीलाई अघि सारेका छन्। 

त्यसैगरी सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रबाट महासचिवका लागि अन्जिता खनालले उम्मेदवारी दिएकी छन्। पीपीएलएबाट महासचिवमा केदार प्रसाद कोइराले उम्मेदवारी दिएका हुन्। 

आगामी चैत १९ गते हुने निर्वाचनको लागि सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको थियो। मतदानको लागि देशभर ३५ वटा निर्वाचन केन्द्र तोकिएको छ। 

उम्मेदवारी दिँदा अध्यक्षको हकमा रु ५० हजार, उपाध्यक्षको हकमा रु ३५ हजार, महासचिवको हकमा पनि रु ३५ हजार र सदस्यको हकमा रु २५ हजार शुल्क तोकिएको थियो।

प्रकाशित: Mar 07, 2022| 19:15 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...