मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको नेपाल भ्रमण छिट्टै हुन्छ : परराष्ट्रमन्त्री खड्का

विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको नेपाल भ्रमण छिट्टै हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका हुन्। 

भ्रमण कसको हुने भन्ने कुरा चाँहि समय आएपछि मात्रै जानकारी गराउने उनको भनाइ थियो। मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने मात्र बताए। 

‘उच्चस्तरीय भ्रमणमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीकै हुन्छ। त्यो चाँहि समय आएपछि यहाँहरुलाई जानकारी हुन्छ नै। अहिले नै भन्दा पनि त्यसलाई खास समयमा हामीहरुले यहाँहरुलाई जानकारी गराउने नै छौं,' उनले भने। 

प्रकाशित: Mar 07, 2022| 17:51 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...