मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेलाई इंगित गर्दै गगनले भने– आफ्नै घरमा आगो लगाउनेलाई किन भोट दिने?

एमालेलाई इंगित गर्दै गगनले भने– आफ्नै घरमा आगो लगाउनेलाई किन भोट दिने?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक पटक संसद् विघटन गर्ने पार्टीले दण्ड पाउनुपर्ने बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक पटक संसद् विघटन गर्ने पार्टीले दण्ड पाउनुपर्ने बताएका छन्।

आशन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गर्दै थापाले दुईपटक संसद् विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले नै भएको तर्क गरे।

‘संसद् पटकपटक विघटन गर्ने पार्टी एमाले हो, उसले दण्ड पाउनुपर्छ,’ सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले भने, ‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ।’

२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भए पनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए। महामन्त्री थापाले ३० वैशाख २०७९ को चुनाव एक दिन पनि तलमाथि नहुने दाबी गरे। अर्ली इलेक्सनबारे सत्तारुढ गठबन्धनमा भएको छलफलतर्फ संकेत गर्दै उनले एमालेले संसद् चल्नै दिएन के गर्ने भनेर छलफलमात्र सुरु भएको बताए।

थापाले भने, ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं। यो दुवै नभए के गर्ने हामीले विकल्प खोजेका छौं।’

प्रकाशित: Mar 07, 2022| 17:23 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...