मंगलबार, भदौ २, २०८३

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन्। नेपाल निजामति कर्मचारी संगठन गृह विभागीयको १२ औं अधिवेशन सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पारित गरेका हौं। एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,’ गृहमन्त्री खाणले भने।

एमसीसीले विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो। अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताए।

उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए। उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए। एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनियता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो।

फरक प्रसंगमा गृहमन्त्री खाणले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताए।

प्रकाशित: Mar 07, 2022| 16:34 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...