मंगलबार, भदौ २, २०८३

स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत

आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। 

निर्वाचन आयोगले ९ अर्ब ९५ करोड २९ लाख रुपैयाँ मागेकोमा अर्थले ८४ करोड घटाएर बजेट स्वीकृत गरेको हो। 

आयोगको फागुन ९ गते बसेको बैठकले स्थानीय निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख बजेट खर्च हुने अनुमान गरेर अर्थ मन्त्रालयमा पठाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेट खर्चको स्वीकृति दिएको बताए। उनका अनुसार गत स्थानीय तहको निर्वाचनमा ८ अर्ब १५ करोड खर्च भएकोमा त्यसैअनुसार बजेट आकलन गरेर बजेट मागिएको थियो।

आगामी वैशाख ३० गते देशभरिका ७५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। 

प्रकाशित: Mar 07, 2022| 14:20 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...