मंगलबार, भदौ २, २०८३

चार जिल्लामा आज कांग्रेसको अधिवेशन

मधेश प्रदेशका चारवटा जिल्लामा आज नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ। सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुन लागेको हो।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– मधेश प्रदेशका चारवटा जिल्लामा आज नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ। सर्लाही, रौतहट, धनुषा, र सिराहामा आज अधिवेशन हुन लागेको हो।

यसअघि विभिन्न कारणले रोकिएका अधिवेशन आज हुने भएको हो। अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना लगभग नभएको नेताहरुले बताएका छन्। सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन्।

त्यसैगरी रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र इतर समूहबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्।धनुषाको सभापतिमा भने त्रिपक्षीय भिडन्त हुने अवस्था देखिएको छ। योगेन्द्र पञ्जियार, सन्तोष यादव र दिनेश यादवबीच सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको हो। पञ्जियार कांग्रेस नेता विमलेन्द्र निधि निकट मानिन्छन् भने 

यादवद्वय भने संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्न लागेका हुन्।


सिरहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापन इतरबाट रामसुन्दर चौधरी सभापतिमा प्रतिस्पर्धा गर्दैछन्।


प्रकाशित: Mar 07, 2022| 10:20 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...