मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस जिल्ला अधिवेशन : बाँकी १६ मध्ये आठवटाको परिणाम आयो, कुन पक्षका कसले जिते?

कांग्रेस जिल्ला अधिवेशन : बाँकी १६ मध्ये आठवटाको परिणाम आयो, कुन पक्षका कसले जिते?

नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन्।

अधिवेशन सम्पन्न भएका मध्ये धेरैजसोमा डा. शेखर कोइराला पक्षका उम्मेदवार विजयी भएका छन्। चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर पक्षका उम्मेदवार विजयी भएका हुन्।

चितवनका राजेश्वर खनाल, सिन्धुलीका उपेन्द्र पोखरेल, बाँकेका नारायण गौडेल र नवलपरासीका महेन्द्रध्वज जिसी संस्थापन इतरका हुन्। महोत्तरी जिल्ला सभापतिमा निर्वाचित नागेश्वर यादवले भने आफू स्वतन्त्र भएको बताएका छन्। यद्यपि, शेखर समूहले उनलाई सहयोग गरेको बताएको छ।

आठ जिल्लाको सभापति चयन हुँदा संस्थापन पक्षका तीनजना चयन भएका छन्। कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा र पर्साका जनार्दनसिंह क्षत्री संस्थापन पक्षका हुन्।

कांग्रेसको १४औं महाधिवेशनअघि जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन। आइतबारसम्म आठ जिल्लाको अधिवेशन सकियो भने आठ जिल्लाको बाँकी छ। अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ।

हालसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा बहुमत स्थानमा संस्थापन पक्षका जिल्ला सभापति विजयी भएका छन्। ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन्।

प्रकाशित: Mar 06, 2022| 18:05 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...