मंगलबार, भदौ २, २०८३

महाभियोग सिफारिस समितिमा बसे पनि सदनमा अवरोध कायमै रहन्छ : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदनमा अवरोध जारी रहने बताएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदनमा अवरोध जारी रहने बताएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिमा बसे पनि जारी संसद् अवरोध भने कायमै रहने स्पष्ट पारेका छन्।

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्। भट्टराईले एमालेका मागहरु यथावत् नै रहेको स्पष्ट पार्दै सभामुखप्रति आफूहरूको असहमति र आलोचना कायमै रहेको बताए।

प्रकाशित: Mar 06, 2022| 17:43 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...