मंगलबार, भदौ २, २०८३

सरकारका कामबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए प्रतिवेदन

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्। आइतबार दिउँसो राष्ट्रपति भण्डारीलाई प्रधामन्त्री देउवाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 

नेपालको संविधानको धारा ५३ तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ मा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामबारे प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ। 

त्यसैगरी, प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष पेस गरेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ मा परिषद्ले गरेका कामबारे प्रतिवेदन पेस गरेका थिए। परिषद्‍को अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ। 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानसेनापति प्रभुराम शर्मालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: Mar 06, 2022| 17:02 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...