काठमाडौं– प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाभियोग सिफारिस समिति गठन गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन्। प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
महाअभियोग सिफारिस समिति
१) विष्णु पौडेल
२) लालबाबु पण्डित
३) शिवमाया तुम्बाहाम्फे
४) कृष्णभक्त पोखरेल
५) मिनबहादुर विक
६) रामबहादुर विष्ट
७) यशोदा सुवेदी
८) रेखा शर्मा
९) कल्याणी खड्का
१०) एकवाल मियाँ
११) प्रमोद साह