मंगलबार, भदौ २, २०८३

माओवादी केन्द्रीय कमिटी बैठक सोमबारलाई सर्‍यो

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ।

आज ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेलाई सारिएको थियो।

संसद् बैठक पनि आजै परेको र आन्तरिक छलफल नपुगेको माओवादीले आजको बैठक स्थगित गरेको हो। शुक्रबार राष्ट्रिय सभागृहमा सुरू भएको आजको बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्ने तयारी थियो।

भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरेको छ।

प्रकाशित: Mar 06, 2022| 12:38 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...