आइतबार, कात्तिक ३०, २०८२

शितल र कलाको ‘महारानी’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाली समाजमा दैनिक घट्‍ने घटनालार्इ समेटेर तयार पारिएको छ, तिज गित 'महारानी' । सासु र बुहारीको झगडा हुँदा श्रीमानले भोग्नुपर्ने संकटलार्इ गितमार्फत चित्रण गरिएको छ। गितमा बुहारीलाई महारानीका रुपमा चित्रित गरिएको छ।

गायिका शितल शर्मा र कला लम्सालले स्वर भरेको यस गितमा उनिहरु आफैंले अभिनय गरेका छन्। जहाँ अविवाहित शितल शितल सासुको भूमिकामा छन्।

अर्की लोकप्रिय गायिका कला लम्साल भने छुच्ची बुहारीको रुपमा प्रस्तुत भएकी छन्। आमा र श्रीमतीको झगडा परेपछि श्रीमानको भूमिकामा रहेका राजु पौडेल ‘मास्टर’लाई सम्हाल्न निकै अप्ठेरो परेको देखिन्छ।

‘सासु र बुहारी आमा छोरी भए पनि कतिपय घरमा सासुबुहारी नमिल्दा परिवार भताभुंग भएको देख्न सकिन्छ, त्यसैलाई मैले गीतमा उतारेर दर्शकको माझमा ल्याएकी छु,’ शितलले  भनिन्, ‘म्युजिक भिडियो सार्वजनिक भएपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु।’

गीतमा दिविशा शर्मा, सुशान्त पाठक र रुपा खनालको अभिनय छ। शितल मिडियाको पहिलो प्रस्तुति रुपमा गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन्। गीतमा शब्द र लय शिव हमालको छ ।

भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्