शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ देखि २१ गते भौतिक रूपमा हुने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ देखि २१ गते भौतिक रूपमा हुने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको कुरा यहि १६ गते सोमबार हुने जानकारी गराइएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ। यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको कुरा यहि १६ गते सोमबार हुने जानकारी गराइएको छ। 

triton college

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअल रुपमा गरिएको थियो। यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रुपमा गरिने पत्रकार सम्मेलनमा फेष्टिभल अध्यक्ष केपी पाठकले बताएका छन्। 

पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले राज्यले गर्नुपर्ने चलचित्र सम्बन्धी यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैंमा ठुलो कुरा भएको ले निफलाई सरकारी स्तरबाटै सहयोग जुटाउन प्रयत्‍न गरिरहेको बताए। 

त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले पत्रकार सम्मेलनमा निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छन्। यस महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ट चलचित्र हेरेर हामी चलचित्रकर्मी मात्र नभइ आम चलचित्रप्रेमी दर्शकहरुले पनि धेरै कुरा प्राप्त गर्न सक्ने बताए। 

प्रकाशित: Feb 28, 2022| 21:40 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्