शनिबार, वैशाख ६, २०८२

मेघराजको मन्त्र– खेलमा हारिँदैन, कि जितिन्छ कि सिकिन्छ

ए डिभिजन लिगका लागि सातदोबाटोले अभ्यास सुरु गर्दा अरु क्लबले लिगको विषयमा सोचेकै थिएनन्। 'हामीले लिगभन्दा चार महिना अघि अभ्यास सुरु गर्यौं। त्यो समयमा मैले क्लबलाई रेलिगेसनको चिन्तामा चाहिँ पार्दिनँ भनेर हौसला दिएँ। तर टिमको अवस्था हेर्दा त्यो गाह्रो पक्कै थियो,' मेघराज भन्छन्।
 |  मंगलबार, फागुन १७, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, फागुन १७, २०७८

vianetvianet

काठमाडौं– प्रशिक्षकका रुपमा मेघराज केसीले नेपाली घरेलु फुटबलका लगभग सबै उपाधि जितिसके। सहिद स्मारक ए डिभिजन लिग, आहा रारा, झापा गोल्डकप, माइभ्याली, खप्तड गोल्डकप जितिसकेका केसीलाई नेपाली फुटबलका सबैभन्दा धेरै श्रृंगारिक प्रशिक्षक भन्दा पनि फरक पर्दैन।

triton college

मेघराजले पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटो युथ क्लबलाई ए डिभिजन खेलाएर चौथो स्थानमा पुर्याए। बीचमा एकपटक त लिग नै जित्ने खालको प्रदर्शन पनि सातदोबाटोले नगरेको होइन। तर केही खेलमा चुक्दा चौथो स्थानभन्दा माथिको यात्रा गर्न सकेन। गएको फागुन १४ गते ए डिभिजन सकिएपछि फेरि एकपटक धेरैले मेघराजलाई सम्झिएका छन्।

यो सिजनको कुरा गर्ने हो भने सातदोबाटो र मेघराजको कुरा सँगै सुरु हुन्छ। सातदोबाटो बी डिभिजनबाट ए डिभिजनमा आयो। नेपालमा बी र ए डिभिजनको क्लब चलाउनुमा धेरै भिन्नता छ। सातदोबाटोको व्यवस्थापन राम्रो थियो र छ। तर उसलाई ए डिभिजनको अनुभव थिएन।

यता मेघराज पनि क्लब (थ्रीस्टार) छोडेर आफ्नो छुट्टै कार्यक्रम सुरु गर्ने तरखरमा थिए। तर कोभिडका कारण उनको योेजना धकेलियो। यसैबीच सातदोबाटोसँग कुरा भइरहेको थियो। ‘सातदोबाटोसँग कुरा भइरहँदा मलाई त्यो चुनौती स्विकार गरौं भन्ने लाग्यो। म त फुटबलर हो नि। सधैं एकै कुरा गरेर मजा पनि आउँदैन। अब नयाँ क्लब हेर्न रिस्क र रमाइलो दुवै छ। राम्रो गर्न सकियो भने धेरै नयाँ खेलाडीले आफूलाई चिनाउँछन्। अनि क्लबलाई राम्रो स्थानमा राख्न सकियो भने क्लबको मनोबल पनि रहन्छ भनेर रिस्क लिएँ,’ मेघराजले सुनाए, ‘सजिलो थिएन र सबैको सहयोग लिएर सजिलो बनायौं।’

यो सिजनको कुरा गर्ने हो भने सातदोबाटो र मेघराजको कुरा सँगै सुरु हुन्छ। सातदोबाटो बी डिभिजनबाट ए डिभिजनमा आयो। नेपालमा बी र ए डिभिजनको क्लब चलाउनुमा धेरै भिन्नता छ। सातदोबाटोको व्यवस्थापन राम्रो थियो र छ। तर उसलाई ए डिभिजनको अनुभव थिएन।

क्लबका अध्यक्ष कपिल श्रेष्ठ पनि मेघराजले टिमलाई दिएको दिशा र उपलब्धिबाट खुसी छन्। भन्छन्, ‘सातदोबाटोलाई प्रशिक्षण गराउने नै भएपछि उनले काम सुरु गर्न ढिला गरेनन्। टिम लिएपछि उनलाई सबैभन्दा ठूलो समस्या बी डिभिजनबाट आएका खेलाडीले मात्र ए मा टिकाउन सकिँदैन भन्ने लाग्यो। त्यसमाथि पनि नाम नचलेको क्लबलाई ठूलो खेलाडीले पनि विश्वास गर्ने अवस्था थिएन। त्यो हिसाबमा हामीले धेरै खेलाडीलाई कोसिस गर्यौं। कतिले त सातदोबाटोलाई विश्वास नै गरेनन्। जे भए पनि एउटा टिम बनाएर अभ्यास सुरु गर्यौं।’

National life insurance

ए डिभिजन लिगका लागि सातदोबाटोले अभ्यास सुरु गर्दा अरु क्लबले लिगको विषयमा सोचेकै थिएनन्। ‘हामीले लिगभन्दा चार महिना अघि अभ्यास सुरु गर्यौं। त्यो समयमा मैले क्लबलाई रेलिगेसनको चिन्तामा चाहिँ पार्दिनँ भनेर हौसला दिएँ। तर टिमको अवस्था हेर्दा त्यो गाह्रो पक्कै थियो,’ मेघराज भन्छन्।

लिग सुरु हुनुअघि अन्तिम तयारीस्वरुप सातदोबाटोले ए डिभिजनका टिमसँग ४–५ खेल खेल्यो। त्यो खेल हेरेपछि मेघराजलाई लागेको थियो– हाम्रो मेहनत खेर गएको छैन रहेछ। लिग सुुरु हुनुअघि उनले भनेका थिए, ‘सातदोबाटोले दुई–तीन खेल खेलेपछि कुन स्थानमा रहन्छ भन्ने आकलन गर्नसक्ने अवस्था बनाउँछौं। र, विपक्षी पनि सोचेर आउँछन् अर्थात् डराएरै आउँछन्। त्यो भयो पनि। कुनै क्लबले पनि हामीलाई यो वर्ष कमजोर आँकेनन्। त्यो नै हाम्रो सबैभन्दा ठूलो लक्ष्य थियो।’

लिग सुरु हुनुअघि अन्तिम तयारीस्वरुप सातदोबाटोले ए डिभिजनका टिमसँग ४–५ खेल खेल्यो। त्यो खेल हेरेपछि मेघराजलाई लागेको थियो– हाम्रो मेहनत खेर गएको छैन रहेछ।

लिगको दोस्रो चरणसम्म त सातदोबाटो शीर्ष स्थानमा रह्यो। सबैलाई लाग्न थाल्यो– ओहो १ सातदोबाटोले लिग नै जित्छ कि क्या होरु तर लिगभरि सातदोबाटो आत्तिएन, मात्तिएन। त्यसैको नतिजा अहिले क्लब चौथो स्थानमा रहेको मेघराज बताउँछन्।

क्लबले टिममा २६ खेलाडी ल्यायो। ‘२६ भित्रबाटै राम्रो रिजल्ट ल्याउँछौं भनेर टिम तयार गरेको हो। कुनै बेला रिजल्ट बिग्रन पनि सक्छ, त्यसलाई सपार्ने पनि यो टिम नै हो। हामी कहिल्यै पनि खेलाडीको विषयमा दुईमत भएनौं। खेलाडीले गर्न सक्छन् तर गर्न सक्ने हामीले बनाउनुपर्छ भन्ने हाम्रो धारणा थियो,’ केसी भन्छन्।

त्यसो त मेघराजको संघर्ष र अनुभव नेपाली फुटबलको पर्याय नै हो। उनको खेल जीवन, यात्रा र प्रशिक्षणका कुरा मात्र गर्ने हो भने नेपाली फुटबलको एक समयबारे प्रष्ट भइन्छ। जीवनको लामो समय फुटबलमा बिताए पनि उनी आफूले फुटबललाई योगदान दिएको भनेर व्याख्या गर्न चाहिँ चाहँदैनन्। भन्छन्, ‘मैले फुटबल र देशलाई योगदान दिएको होइन। खेल्ने र प्रशिक्षण गर्ने मेरो इच्छाको विषय हो। मेरो कामलाई कसैले योगदान नभनुन् भन्ने चाहन्छु। मैले त आफूलाई मन परेर लागेको हो। मान्छेले राष्ट्रिय टिममा पर्नका लागि कति जालझेल पनि गरेका हुन्छन्। पछि त्यसको रिटर्न खोज्छन्, तर म त्यो गर्न चाहन्न। मैले चाहिँ कसैलाई योगदान दिएको छैन। मैले आफ्नो लागि खेलेको हो।’

मेघराजलाई लाग्छ– नेपालमा स्थापित क्लब भन्ने नै छैन। कुनै क्लबलाई ठूलो र सानो भनेर छुट्याउने कुराको विरोधी हुन् उनी। ‘१४ वटा ए डिभिजन खेल्ने क्लब सबै बराबरी हुन्। किनभने यहाँ लामो समय कुनै पनि क्लबले खेलाडी अनुबन्ध गर्दैन। हरेक वर्ष हरेक टिमले शून्यबाट टिम बनाउन सुरु गर्छ। यो वर्ष जसले राम्रो टिम बनायो, त्यो ठूलो। किनकि पोहोर सालको कुरा अहिले लागू नै हुँदैन। यदि पोहोरकै टिम राखिरहने वा टिमका ८० प्रतिशत खेलाडी राखिरहने भने हो त्यसलाई ठूलो क्लब भन्न सकिएला। ठूलो टिम भनेको आफूले बनाउने हो। कहिले पनि टिम ठूलो हुँदैन। यही लिग हेरौं न, ठूला भनिएका टिम कहाँ छन् र साना भनिएका कतिपय टिम कहाँ छन्?’

मेघराजलाई लाग्छ– नेपालमा स्थापित क्लब भन्ने नै छैन। कुनै क्लबलाई ठूलो र सानो भनेर छुट्याउने कुराको विरोधी हुन् उनी।

कमजोरी भने पनि विशेषता भने पनि नेपाली लिगको परम्परा यस्तै छ। कुनै पनि सिजनमा आकलन गर्न नसकिने अवस्था आइरहन्छ। त्यो किन भइरहेको छ त? मेघराज भन्छन्, ‘हाम्रो देशको परिस्थितिले गर्दा। फुटबलमा मात्र होइन, हरेक क्षेत्रमा देश कहाँ छ भन्ने कुराले पनि अर्थ राख्छ। प्रिमियर लिगसँग हाम्रो लिग दाँजेर हुँदैन। देश जहाँ छ, फुटबल पनि त्यहिँ छ। देशले फुटबललाई हेर्ने नजर र लगानीका कारण सोचेजस्तो भएको छैन। तर देशले पनि फुटबलभन्दा अघि गर्नुपर्ने धेरै कुराहरु छन्, त्यो त गर्न सकेको छैन। फुटबल त पछिको कुरा हो। फुटबलमा गर्नैपर्छ भनेर भन्न सक्ने अवस्था पनि छैन।’ यति हुँदाहुँदै पनि नेपालमा फुटबलको जति क्रेज छ, त्यसलाई क्यास गर्न नसकिएकोमा भने उनी सहमत छन्–   कतिपय ठाउँमा हामीले र कतिपय ठाउँमा जिम्मेवारीमा रहेका व्यक्तिले गर्न सकेनन् होला। त्यो कुरामा चाहिँ सधैं खल्लो लाग्छ।’

खेलाडी चम्काउन सकेनौं कि

मेघराजका अनुसार नेपालमै विश्वस्तरीय फुटबल ट्यालेन्ट छन्। तर, त्यसलाई माझेर चम्काउन नसकेकोका उनी शंकालु देखिए। ‘टेक्निकल्ली र ट्याक्टिकल्ली मात्र होइन, हरेक कुरामा खेलाडीलाई निखार्न सकेनौं किरु हामीसँग वर्ल्डक्लास फुटबल खेल्न सक्ने बच्चा छ तर त्यो बच्चालाई बनाउन ५–६ वर्ष चाहिने लगानी गरेनौं कि! लगानी पनि भयो रे, त्यो बच्चाले खेल्यो पनि तर उसले फुटबलबाट भविष्य देख्ने वातावरण बनाउन सक्यौं कि सकेनाै त?’

खेलाडीलाई बनाउने भनेको लगानीपछि प्रशिक्षकले हो। तर देशमा खेलेर बाँच्न सक्ने अवस्था नरहेपछि पूर्ण समय प्रशिक्षणलाई दिएर पनि प्रशिक्षक बाँच्न सकिरहेका छैनन्। पूरा समय प्रशिक्षणमै दिने प्रशिक्षकको कमी हरेको मेघराज बताउँछन्। ‘सबैका आ–आफ्ना साइड वर्क छन्। पूरा समय फुटबललाई दिएर बाँच्ने अवस्था छ कि छैन त्यो पनि हेर्नुपर्यो। यहाँ त धेरै प्रशिक्षकले फुटबललाई पार्ट टाइम बनाएका छन्। पार्टटाइमले कति गर्न सकिएला,’ उनी भन्छन्।

मेघराजका अनुसार प्रशिक्षक दुई किसिमका हुन्छन्– ट्रेनर र कोच। ‘फुटबलमा ट्रेनरले अभ्यास गराउन सक्छ तर प्रशिक्षक अभ्यास गराउने मात्र नभएर खेलाडी र टिम बनाउन सक्ने हुनु आवश्यक छ। टिमबाट प्रदर्शन पनि गराउन सक्नु प्रशिक्षकको क्षमतामा भर पर्छ। त्यतिमात्र नभएर टिम पछाडिका सबै कुरा गर्न सक्नु प्रशिक्षकको खुबी हो। पहिले त खेलाडीले प्रशिक्षकलाई विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्यो। एउटा उत्कृष्ट प्रशिक्षकले ९० मिनेटको खेललाई मात्र होइन, त्यो समयमा हुने सबै कुरा व्यवस्थापन गर्नुपर्छ,’ उनले प्रस्ट्याए।

खेलाडीलाई बनाउने भनेको लगानीपछि प्रशिक्षकले हो। तर देशमा खेलेर बाँच्न सक्ने अवस्था नरहेपछि पूर्ण समय प्रशिक्षणलाई दिएर पनि प्रशिक्षक बाँच्न सकिरहेका छैनन्।

खेलाडी र प्रशिक्षकबीच समझदारी भएमात्र प्रदर्शन राम्रो हुने र नतिजा राम्रो आउनेमा उनी स्पष्ट छन्। ‘हाम्रोमा चाहिँ आफ्नो मात्र सोच्ने, आफूले भनेअनुसार मात्र गर्ने भन्ने हुन्छ। तर कहिलेकाहिँ आफूले भनेको र सोचेको आफैंलाई त मन परिरहेको हुँदैन भने अरुलाई मन पर्छ भन्ने छ र?’ उनी भन्छन्।

त्यसो भए समाधन के तरु ‘फुटबलमा हामी अघि बढ्न खोज्दैछौं। तर एकैपटक धेरै ठूलो आशा नगरौं, सानासाना कुरा गर्न चाहिँ नचुकौं। हामीले युरोपियन स्टाइल खोज्नु त मूर्खता हो। हुँदैन भनेर केही नगर्ने पनि होइन। बढिरहेको त छ नि, त्यसको लागि पनि समय त लाग्छ नै। त्यसको लागि धैर्य र विश्वास गर्नुपर्यो। लगानी अनुसार नेपाली फुटबलले गरिरहेको छ, उचाइ लिन समय लाग्छ,’ जवाफमा मेघराज भन्छन्।

ए डिभिजन लिगमा एन्फाले चार भेन्यूको डिजाइन गरे पनि पोखरामा तीन मात्र खेल भए। एन्फाको मैदानमा केहि र बाँकी सबै खेल दशरथ रंगशालामा भए। च्यासलको मैदानमा लिगको ब्यानर र गेट बनाइए पनि खेल भएनन्। दशरथ रंगशालामा सबै खेलको भार थपियो र मैदान कमजोर अवस्थामा पुग्यो। यो विषयमा केही प्रशिक्षकले आलोचना पनि गरेका छन्। तर मेघराज त्यो आलोचनामाथि नै प्रश्न गर्छन्, ‘रंगशाला राम्रो भएन भन्ने प्रशिक्षक र क्लबले कस्तो मैदानमा अभ्यास गराइरहेका छन् त?’

उनले थपे, ‘के के गर्न सकिन्थ्यो र के के भएन भनेर प्वाइन्टआउट गर्न त सजिलो छ। सोचेको भनेको जस्तो गर्नसक्ने अवस्था छ कि छैन त्यो पनि हेर्नुपर्छ। त्यसैले म भन्छु– रंगशाला भन्दा राम्रो मैदानमा अभ्यास गरेर आएको कुनै क्लब छ भने त्यसले रंगशाला भएन भन्नु चाहिँ ठिकै हो। कमेन्ट गर्न पनि सुहाउनु पर्छ।’ राम्रो मैदानमा खेल्न क्लबले पनि आफ्नो पक्षबाट पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

‘हामी क्लबहरु चाहिँ कहिले कहाँ, कहिले कहाँ अभ्यास गर्छौ‌ं। आफ्नो सानो मैदान पनि छैन। अनि रंगशाला खराब भन्न त मिल्दैन। भेन्यूको कुरा गर्दा एन्फाले चार ठाउँमा खेलाउने भनेको पक्का हो। तर, कुन चाहिँ क्लबले एन्फाले भनेको मानेको छ? डबल लिग गराउनु पर्थ्यो। डबल लिग गराएन भन्ने पनि कमेन्ट सुनिन्छ। एन्फाले नगराएको हो कि क्लबले खेल्न नमानेको होरु बाँकी ठाउँमा एन्फाले नखेलाएको हो कि क्लबले खेल्न नमानेको त्यो पनि विचार गर्नुपर्छ नि। त्यसको पछाडि कुरा छन्,’ केसीले थपे।

मैदानमात्र नभएर यो लिगमा रेफ्रीबारे पनि प्रश्नहरु उठे। विश्वका जुनसुकै स्तरको खेल हेरे थाहा पाइन्छ– रेफ्रीको काम कहिल्यै पनि जस पाउने होइन। जुन स्तरको क्लब छ त्यही स्तरको रेफ्री भएकाले आलोचना गरिहाल्न नसुहाउने मेघराज बताउँछन्। भन्छन्, ‘हाम्रो क्लब, म्यानेजमेन्ट, खेलाडी, प्रशिक्षकको स्तर चाहिँ नहेर्ने अनि रेफ्री चाहिँ विश्वकप खेलाउने राख्नुपर्नेरु सामान्य मानवीय गल्ती त जहाँ पनि भइहाल्छ। आफ्नो गल्ती ढाकछोप गर्न अरुलाई दोष दिन मिल्दैन। क्वालिटी रेफ्री बनाउन क्लबले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।’

लगानी, भेन्यू र रेफ्रीमा मात्र होइन, प्रशिक्षकमा पनि लगानी आवश्यक रहेकोमा केसी जोड दिन्छन्। भन्छन्, ‘प्रशिक्षक भनेको फुटबलको शिक्षा हो। शिक्षामा लगानी गर्नु अपरिहार्य छ। खेलाडी चम्किन नसक्नुमा नेपालका फुटबल प्रशिक्षकको कमी हुनु पनि एक कारण हो। खेल उच्च स्तरको खोज्ने हो भने प्रशिक्षकमा पनि लगानी गर्नुपर्यो। फेरि फुटबलमा लागिरहेको मान्छेले आफ्नै लगानीले त्यो गर्न कम सम्भव छ। उदाहरणका लागि– हाम्रो खेलाडी घाइते भयो भने राम्रो उपचारका लागि अरुसँग हारगुहार माग्नुपर्ने अवस्था छ। प्रशिक्षकमा लगानी कम छ।

त्यहि अवस्था रेफ्रीहरुमा पनि छ। लगानी कम हुनुका कारण हुनसक्छ– नेपालमा अहिलेसम्म प्रो लाइसेन्स भएका फुटबल प्रशिक्षक छैनन्। अर्थात् कुनै पनि नेपाली प्रशिक्षक नेपाली राष्ट्रिय टिम सम्हाल्न सक्ने शौक्षिक योग्यताका छैनन्। त्यो नहुनुको पछि नेपालमा प्रशिक्षण कोर्सको कमी पनि एक हो। नेपालले सन् १९९८ तिर सी लाइसेन्स मान्यता पाएको हो। त्यसको २० वर्षपछि मात्र ए लाइसेन्स मान्यता पाएको छ। सन् १९९८ तिर सी पाएको प्रशिक्षकले ४,५ वर्षमा ए लाइसेन्स प्राप्त गर्नुपर्ने हो तर नेपालमा भएन।’ 

लगानी, भेन्यू र रेफ्रीमा मात्र होइन, प्रशिक्षकमा पनि लगानी आवश्यक रहेकोमा केसी जोड दिन्छन्। भन्छन्, ‘प्रशिक्षक भनेको फुटबलको शिक्षा हो। शिक्षामा लगानी गर्नु अपरिहार्य छ।

उनले आफ्नै अनुभवमा आधारित भएर भने, ‘त्यतिबेला एकदम गुणस्तरीय प्रशिक्षकले मौका नपाएर समय बित्यो। मेरै कुरा गर्दा पनि २००२ मा सी लाइसेन्स गरेको, १४ वर्षपछि मात्र ए लाइसेन्स पाएँ। मैलेसँगै सी लाइसेन्स गरेका विदेशी साथीहरु एएफसीको इन्स्ट्रक्टर भइसक्दा मात्र मैले ए लाइसेन्स गरेको हुँ।’

प्रशिक्षकले दुई–दुई वर्षमा गर्न पाउनुपर्ने कोर्स १४ वर्षपछि पाएको अवस्था भएका कारण अब प्रो–लाइसेन्स गर्न योग्य प्रशिक्षक पछि परेका केसीको ठम्याइ छ। उनले थपे, ‘नेपाली फुटबल पिरामिडमा अर्को समस्या के छ भने कसैले प्रो लाइसेन्स गरे पनि यहाँ प्रशिक्षण गरेर गुजारा चलाउन गाह्रो छ। प्रशिक्षणमा जीवन सुरक्षित देख्न नसकेपछि प्रो लाइसेन्सको गुणस्तर भएको प्रशिक्षकले फुटबल छोडेको पनि त हुनसक्छ नि, हुँदैन ररु नेपालमा सम्भावना नभएको होइन, हामीसँग भएको बिरुवालाई संरक्षण गर्न नसकेर मात्र नभएको हो।’

मेघराजले घरेलु फुटबल मात्र हेरेनन्, उनले उमेर समूहका सबै टिमलाई प्रशिक्षण गराएका छन्। सहायक प्रशिक्षक भएर सिनियर टिम पनि हेरेका छन्। कोरियन प्रशिक्षक योकि होन मुख्य प्रशिक्षक हुँदा उमेर समूहमा उनी सहायक प्रशिक्षक भए। ‘योकी सिनियर टिमको प्रशिक्षक हुँदा राजुकाजी शाक्य, ध्रुव केसी उहाँको सहायक प्रशिक्षक हुनुहुन्थ्यो। टिममा चाहिँ म पनि थिएँ। मैले कोरियन भाषा जानेको र फुटबल प्रशिक्षक पनि भएकाले म इन्टरप्रेटरको रुपमा टिममा थिएँ,’ केसीले सुनाए।

त्यसपछि ग्राहम रोबर्टस मुख्य प्रशिक्षक हुँदा उनले झण्डै तीन वर्ष राष्ट्रिय टिममा सहायक प्रशिक्षक भएर काम गरे। त्यतिबेला गोलकिपर प्रशिक्षक गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंह थिए।

प्रशिक्षक हुनुअघि उनले लामो समय खेलाडीका रुपमा नेपाली फुटबलमा बिताए। जीवनको उर्वर समयमा उनले जावलाखेल युथ क्लबबाट खेले। राष्ट्रिय टिमसम्म पनि पुगे। राष्ट्रिय टिममा धेरै उतारचढाव भोगे उनले। ती उतारचढाव आज सम्झन चाहँदैनन् प्रशिक्षक केसी।

त्यसो भए उनी खेलाडीका रुपमा सफल कि प्रशिक्षकका रुपमा? मेघराज सिधा उत्तर दिँदैनन्– ‘म आफूलाई सफल त कहिले पनि मान्दिन। यत्ति हो कि म फुटबललाई मन पराउँछु। मेरो मन परेको चिजलाई मेरो काम पनि बनाएको छु। त्यो मामलामा म धेरै नै खुसी छु। नेपालले आजसम्म फुटबलमा कुनै तिर मारेको छैन। दुई टिमलाई फुटबल खेलाउँदा एउटा न एउटाले जित त निकाल्छ नै। तर जितेको टिमले म सफल भएँ भनेर त्यो सफल हुँदैन। जबसम्म नेपाली फुटबलको स्तर बढ्दैन, अहिले जुन स्तर छ त्यो भन्दा माथि उठ्दैन। हामीले सफल भन्न ठिक छैन। नेपाली फुटबलमा कोही पनि सफल भएको छैन।’

मेघराजले घरेलु फुटबल मात्र हेरेनन्, उनले उमेर समूहका सबै टिमलाई प्रशिक्षण गराएका छन्। सहायक प्रशिक्षक भएर सिनियर टिम पनि हेरेका छन्।

घरेलु फुटबलको कुरा गर्ने हो भने पछिल्लो १२ वर्षको दौरानमा मेघराजले धेरै उपाधि जिते। ‘लिगमा उच्च प्रदर्शन गरिरहेका क्लबसँग काम गरें। तर पनि उपाधि जित्नासाथ धेरै खुसी चाहिँ लाग्दैन। किनभने मैले फुटबलको स्तर देखेको छु। स्तर त माथि गएको छैन नि,’ उनले भने।

नेपालमा क्लबको आफ्नो फुटबल एकेडेमी छैन। कतिपय स्कुलसँग सम्झौता गरेर क्लबले एकेडेमी सञ्चालन गर्ने भनेका छन् तर यो पनि व्यवहारमा लागू हुन सकेको छैन। क्लबमात्र नभएर एन्फाले पनि उमेर समूहका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न सकेको छैन। यू १४ देखि १९ को टिमसम्म मुख्य प्रशिक्षक भएर काम गरिसकेका मेघराज अहिले पनि ग्रामीण फुटबलमा गर्न बाँकी धेरै रहेको बताउँछन्। ‘ग्रासरुटमा गर्नुपर्ने कामहरु गरिरहेका छैनौं। यहाँ धेरै ट्यालेन्ट छन्, तिनलाई सही तरिकाले गाइड गरेर अघि बढाउन सकेका छैनौं। सही तरिकाले व्यवस्थापन गरेको भए हामी अघि बढ्न सक्ने थियौं। नेपालको फुटबल त मायाले पो टिकेको छ। यहाँ फुटबललाई माया गर्ने धेरै हुनुहुन्छ। तर, सल्लाह–सुझाव दिने मान्छेले नेपाली फुटबल टिकाएको चाहिँ होइन। तिनीहरु त फुटबलको नाममा आफू बाँचिरहेका छन्। फुटबल टिकाउन धरैले आफ्नो खल्तीबाट लगानी गरिरहेका छन्,’ मेघराज भन्छन्।

लगानी गरे उपाधि जित्न सकिने रहेछ भन्ने प्रमाणित गरिदिएको छ मछिन्द्रले लिग च्याम्पियन भएर। तर सामान्यतयाः त्यो देखिए पनि प्रशिक्षकको नजरमा त्यो होइन। ‘लिगमा सफल हुनका लागि सबै कुरा मिल्नुपर्छ। व्यवस्थापन, प्रशिक्षक टिम र खेलाडीहरु मिल्नु भनेको विजेता हुनु हो। रेलिगेसनमा जाने टिमको कुरा गर्दा तिनको मेहनत पुगेन कि, लगानी पुगेन कि, टिम र प्रशिक्षकमा नै पो कमजोरी थियो कि१ कुनै कुरा हुन सक्छ,’ केसी भन्छन्।

उनले अगाडि भने, ‘खेलकुदमा कहिले हारिन्छ, कहिले जितिन्छ, कहिले सिकिन्छ। रेलिगेसनमा पर्नु वा जित्नु कुनै ठूलो कुरा होइन। रेलिगेसनमा परेका टिमले गरेका गल्तीलाई सुधार गरेर फेरि ए डिभिजनमा पुग्न सकिहाल्छन् नै।’

अझै व्यावसायिक बन्न सकिएको छैन

नेपालमा खेलाडीको तलब अझैसम्म पनि पारदर्शी छैन। त्यसमाथि क्लबले लिग सञ्चालन भएको समयमा मात्र तलब दिने गरेका छन्। लिग पनि वर्षभरि आयोजना हुने गरेको छैन। ‘वर्षभरिको क्यालेन्डर तयार गरेर खेल भइरहने हो भने खेलाडीले खेलेर बाँच्न सक्ने अवस्था छ। तर हाम्रोमा लिग नै तीन–चार महिनामात्र चल्छ। बाँकी समय खेलाडीले के गर्ने त? त्यो समयमा उनीहरुले तलब पाउँदैनन्। त्यसरी हेर्दा खेलेर बाँच्न सक्ने अवस्था अझैसम्म बनेको छैन,’ उनले भने, ‘फुटबलका कार्यक्रम त्यसै कम छन्।

लगानी गरे उपाधि जित्न सकिने रहेछ भन्ने प्रमाणित गरिदिएको छ मछिन्द्रले लिग च्याम्पियन भएर। तर सामान्यतयाः त्यो देखिए पनि प्रशिक्षकको नजरमा त्यो होइन।

त्यसमाथि २०७२ सालमा भुइँचालो गएपछि तीन वर्ष लिग रोकियो। फेरि कोभिड आयो। दुई वर्षपछि लिग हुँदा खेलाडीले मुस्किलले पाँच महिनाको तलब पाए। यसरी त खेलेर बाँच्ने अवस्था नै  रहेन नि।’ मेघराजले अघिल्लो सिजन सकिएसँगै क्लबको प्रशिक्षण छोड्ने बताएका थिए। आफ्नै कार्यक्रम सुरु गर्ने योजना बनाएका थिए। त्यसबीच नेपाल सुपर लिग सुरु भयो। उनले पनि चितवनको प्रशिक्षक बन्ने निधो गरे। अहिले सहिद स्मारक लिगसँगै नेपालमा पहिलो फ्रेन्चाइज फुटबल पनि चलिरहेको छ। यी दुईबीच कुन ठूलो भन्ने होड पनि सुरु भइसकेको छ।

एनएसएलले फुटबल विकासमा सहयोग गरेको छ तरु केसी भन्छन्, ‘भारत र युरोपको फुटबल सोच्यो भने यसले गाह्रो पार्ला भन्ने लाग्छ। तर हामी नेपालमा भएर नेपालकै अवस्था सोच्नुपर्छ। ए डिभिजनको वर्षभरिको कार्यक्रम नभएपछि एनएसएलले तीन–चार महिनाको फुटबल धान्यो। खेलाडीलाई व्यवसायिक बन्न सहयोग नै पुगेको छ।’

अबको यात्रा

मेघराजले ए डिभिजन र सिनियर लेभलको फुटबलमा धेरै वर्ष काम गरे। विदेशमा गएर प्रशिक्षण लिने मौका पनि पाए। अब उनले यो अनुभवलाई लिएर जुनियर स्तरमा काम गरेर नयाँ खेलाडी उत्पादन गर्ने सोचेका छन्। भन्छन्, ‘त्यो अनुभव र शिक्षालाई खेलाडी उत्पादनमा जोड्न सके अझै राम्रो हुन्छ भनेर मैले सोचें। अनि क्लबमा काम नगर्ने निर्णय गरें। तर कोभिडले मैले सोचेको काम भएन।’

पछिल्लो समय डेढ वर्ष महामारी चल्यो। त्यसबीच उनले आमालाई धेरै समय दिनुपर्ने अवस्था भयो। अहिले फेरि फुटबल फर्किएको छ, तर कार्यक्रम सुरु नभएपछि उनी सातदोबाटोमा पुगेका थिए। ‘अब के गर्ने भन्ने समयले बताउल। नयाँ खेलाडी उत्पादन गर्ने कोसिस चाहिँ जारी छ। मेरो इच्छा चाहिँ एकेडेमीमा बच्चाहरुसँग काम गर्ने नै छ। तर सबै कुरा सोचेको जस्तो हुँदैन। अहिले लिग सकिएको छ, केही समय आराम गरेर भनेजस्तो भयो भने म एकेडेमीमा काम गरिरहेको हुनेछु। त्यो भएन भने पनि फुटबल छोड्न त सकिँदैन,’ उनले भने।

प्रकाशित: Mar 01, 2022| 07:25 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।