आइतबार, पुस १३, २०८२

अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

 |  शनिबार, जेठ २४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०८२

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा चार जना नेपाली घरधित्रै मृत भेटिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत फेला परेकाहरुमा दुई बालबालिका र दुई जना वयस्क रहेका छन्। 

National life

मृत्यु हुनेहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र उनका दुई सन्तान २ वर्षीय छोरा र ८ वर्षीया छोरी रहेका छन्।

घटना बिहीबार राति भएको हो। घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको बताइएको छ।

मनासस पार्क प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानअनुसार घटना हत्या गरिएको वा आत्महत्या हुनसक्ने बताएको छ। उनीहरु लानाए लेनको ९४०० ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए। 

प्रकाशित: Jun 07, 2025| 09:39 शनिबार, जेठ २४, २०८२
प्रतिक्रिया दिनुहोस्