शुक्रबार, फागुन २२, २०८२

खेलकुद पत्रकार मञ्चले यो वर्ष दशक अवार्ड गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष दशक अवार्ड गर्ने भएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष दशक अवार्ड गर्ने भएको छ। पछिल्लो दशकमा खेलकुद क्षेत्रमा उल्लेखनीय काम गरेको खेलाडीको लाई सम्मान गर्ने कार्यक्रम अनुसार एनएसजेएफले अवार्ड आयोजना गर्न लागेको हो।

‘विगतमा विभिन्न विधामार्फत खेलाडीहरूले वर्षभर गरेको प्रदर्शनलाई आधार मान्दै अवार्ड प्रदान गर्दै आएका थियौं ।

यसपालीको स्वरुप फरक हुन गइरहेको जानकारी गराउन चाहन्छौ। यसपालीको अवार्ड दशक अवार्ड हुनेछ।,’ एनएसजेएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एनएसजेएफका अनुसार एक दशक अगाडिका उत्कृष्ट खेलाडीहरु यसपालीको दशक अवार्डको मनोनित पात्र हुनेछन।  तर विगतमा जस्तै यो वर्ष आठ विधामा अवार्ड वितरण गरिने भएको छ। यो वर्ष दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड साथै ८ पिपल्स च्वाइस अवार्ड प्रदान गरिने छ।

दशक अवार्ड भएका कारण सर्वोकृष्ट युवा खेलाडीको विधा भने यो वर्ष समावेश नगरिएको आयोजकले जनाएको छ। यो वर्ष पनि हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले अवार्डको प्रयोजन गर्ने आयोजनले बताएको छ। त्यसैले यो अवार्डको नाम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुनेछ।

kumari

अवार्डका लागि एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदीको संयोजकत्वमा अवार्ड समारोह मुल आयोजक समिति गठन गरिएको छ भने खेलाडी र प्रशिक्षक छनोट समितिको संयोजकमा गोविन्द रेग्मी रहेका छन्।

अवार्ड चैत ८ गते हुने आयोजकले जानकारी गराएको छ।


प्रकाशित: Feb 27, 2022| 16:37 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।