काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेर नाराबाजी गरे पनि त्यही पार्टीका सांसद भीम रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएका छन्।
रावलले नाम टिपाएरै रोस्ट«ममा पुगेर छलफलमा भाग लिएका हुन्। रावलले एमसीसीजस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसद्मा व्यापक छलफल नगरी विरोधकै बीच र हतारमा पारित गर्न लागिएको भन्दै आपत्ति जनाए।
उनले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दोहोर्याए।