मंगलबार, भदौ २, २०८३

संसद्‍मा एमसीसीमाथि छलफल [LIVE]

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् र सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्। नाराबाजीबीच सभामुखले बैठक अघि बढाएका छन्।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। सांसदहरुले बोल्ने क्रम सुरु भएको छ। 

पाँचदलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। यो निर्णयमा गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चाको भने समर्थन छैन। जनमोर्चाले एमसीसी खारेज हुनुपर्ने माग गर्दै आएको छ।

एमससी आजै पास गर्ने सहमति पनि सत्ता गठबन्धनमा भएको बताइएको छ। प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको भनिएको छ। 

पहिलो बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेस हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय गर्ने तयारीमा गठबन्धन छ। एमसीसी सम्झौता ८ फागुनमा ससद् बैठकमा प्रस्तुत भएको थियो।

प्रकाशित: Feb 27, 2022| 15:12 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...