काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रि विश्वप्रकास शर्माले एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्रि रहेकाबेला दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उनको नैतिक कर्तव्य भएको बताएका छन्।
उनले ट्विट गर्दै ०७६ असार ३० गते संसदमा दर्ता गरेको प्रस्तावमा साथ दिनुपर्ने बताएका हुन्। ‘इतिहासको नैतिक परिक्षामा श्रद्देय केपी शर्मा ओलीलाई अन्य विमतिले छेक्नु हुन्न!’ उनले भने।
उनले केपी शर्माओलीको मन्त्रीपरिषद्ले ०७५ माघ २५ गते एमसीसी अनुमोदन गर्न गरेको निर्णय संसद्मा दर्ता गराएको बुँदापनि ट्विट गरेका छन्।