मंगलबार, भदौ २, २०८३

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन। 

दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको भए पनि बैठकमा छलफल हुने विषयको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समिति बस्न नसकेको हो। कार्यसूची तय गर्न ढिलाई भएसँगै प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ।

सभामुखको सचिवालयका अनुसार केही बेरमै  कार्यव्यवस्था परामर्श समिको बैठक सुरु हुनेछ। सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका आ-आफ्नै बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित हुनपुगेको सचिवालयले जनाएको छ।

प्रकाशित: Feb 27, 2022| 13:24 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...