काठमाडौं- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। बानेश्वरस्थित एक होटलमा बैठक सुरु भएको हो।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्न एकीकृत समाजवादी सहमत भएपछि बैठक बोलाइएको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको बैठकअघि बालुवारटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए। बालुवाटार बैठकमा नेताहरू एमसीसी सम्झौता प्रतिनिधि सभाबाट आजै अनुमोदन गर्ने विषयमा सहमत देखिएका छन्।