मंगलबार, भदौ २, २०८३

संसद्‍बाट एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एसीसी अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूर्णबहादुर खड्का र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

यो निर्णयमा गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चाको भने समर्थन छैन। जनमोर्चाले एमसीसी खारेज हुनुपर्ने माग गर्दै आएको छ।

गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने र व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद् बैठकबाट पास गरेर संसद्मा लैजाने तयारी छ।

संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।


प्रकाशित: Feb 27, 2022| 11:38 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...