मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिमा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक : बाबुराम भट्टराई

राजनीतिमा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले निजी र गुटको स्वार्थका लागि दोहोरो भूमिका खेल्नेहरू निकै घातक हुने अभिव्यक्तिहितको टिप्पणी गरेका हुन्।

कुनै पनि राजनीतिक वा सामाजिक मुद्धामा पक्ष र विपक्ष हुनु स्वभाविक भए पनि दोहोरो भूमिका खेल्नेहरू भेडाको खोल ओड्ने ब्वाँसाहरू भएको र उनीहरू खतरनाक हुने बताएका छन्।

उनले लेखेका छन्, ‘कुनै पनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो। पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोच र निष्ठाको धर्म निर्वाह गर्छन्। तर, आफ्नो निजी/दलीय र गुटीय स्वार्थ निम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन्! भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं।'

प्रकाशित: Feb 27, 2022| 11:27 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...