मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादीभित्र शीर्ष तहमै असन्तुष्टि

एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादीभित्र शीर्ष तहमै असन्तुष्टि

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्रमा तीव्र असन्तुष्टि देखिएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्रमा तीव्र असन्तुष्टि देखिएको छ। पार्टीका सिनियर नेताहरुले नै निर्णयको विरोध गरेका छन्। 

नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले एमसीसी अनुमोदन गर्ने कुरामा असहमति जनाएका हुन्। व्याख्यात्मक टिप्पणी सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन्। 

माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। 

बैठकपछि नेता श्रेष्ठले ट्विटरमा भनेका छन्, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ। यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ।’

माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबुल हुने दिन नै कार्यव्यवस्था परामर्श समितिमा लिखित असहमति जाहेर गरेका थिए। संसद् बैठकमा पनि उनले एमसीसी टेबुल भएकोमा आपत्ति जनाएका थिए। 

प्रकाशित: Feb 27, 2022| 11:13 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...