काठमाडौं- अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा निश्कर्ष निकाल्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।
११ बजेबाट बैठक सुरु भएको छ। व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन्।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।