काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।
पार्टी बैठक सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। त्यहाँ सत्ता गठबन्धनको बैठक बस्दैछ। सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसीसी अनुमोदनमा सहमति जुटिसकेको छ।
आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ।