मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्दै

एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता 'एमसीसी'बारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्न लागेको हो।

आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ। त्यसअघि एमसीसीमा साझा धारणा बनाउन सत्ता गठबन्धन छलफलमा जुट्ने भएका हुन्। आजको संसद् बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ।

एमसीसी पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीभित्र व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने विषयमा छलफल अगाडि बढाइरहेका छन्।

सोही विषयमा छलफल गर्न माओवादीले पूर्व स्थायी कमिटी सदस्यहरू छलफल गरेको छ। एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीको बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। 

शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। सत्ता गठबन्धन टुटेमा कांग्रेस र एमाले एक ठाउँमा आउने सम्भावना बढेसँगै माओवादी र एकीकृत समाजवादी एमसीसीका पक्षमा लचिलो बनेका हुन्।

यता अर्को सत्ता साझेदार दल जसपामा उपेन्द्र यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ। भट्टराई पक्ष भने एमसीसी पारित हुनुपर्ने पक्षमा छ। 

प्रकाशित: Feb 27, 2022| 09:54 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...