आइतबार, मंसिर ७, २०८२

हृदयघात भएर ढलेपछि पहिलो पटक खेलमा देखिए एरिक्सन

सन् २०२१ को जुनमा विभिन्न देशमा आयोजित युरो कपको प्रतियोगिताको दौरान आफ्नो पहिलो खेलमै हृदयघात भएर ढलेपछि उनी पहिलो पटक खेलमा देखिएका हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन खेलमा फर्किएका छन्। सन् २०२१ को जुनमा विभिन्न देशमा आयोजित युरो कपको प्रतियोगिताको दौरान आफ्नो पहिलो खेलमै हृदयघात भएर ढलेपछि उनी पहिलो पटक खेलमा देखिएका हुन्।

National life

अहिले उनलाई ईपीएलको ब्रेन्टफर्डले अनुबन्ध गरेको छ। गएराति सम्पन्न ब्रेन्टफर्ड र न्युकासलको खेलमा एरिक्सन मैदानमा देखिएका हुन्। उनी खेलको ५२औं मिनेटमा मैदान प्रवेश गरेका थिए। यसलाई फुटबलको एक ऐतिहासिक कमब्याकको रुपमा लिइएको छ।

उनी हृदयघात भएको २५९ दिनपछि खेलमा फर्किएका हुन्। फिनल्यान्डविरुद्धको सो खेलमा सुरुमै १० खेलाडीमा समेटिएको डेनमार्कले २-० ले खेल गुमाएको थियो।

अहिले मैदान फर्किएका एरिक्सनको सपोर्टमा ब्रेन्टफर्डका समर्थले उत्साह प्रकट गरेका थिए। उनी वार्म अपमा जाँदा नै सबै समर्थकले उनको नाममा मैदानमा उत्सव मनाएका थिए। जब उनी मैदानमा प्रवेश गरे सबै समर्थले उनलाई उठेर स्वागत गरेका थिए। सो खेलमा ब्रेन्टफर्डले २-० को हार बेहोरेको थियो।

प्रकाशित: Feb 27, 2022| 09:20 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।