शुक्रबार, फागुन २२, २०८२

म्यानचेस्टर सिटीको जित, बराबरीमा रोकियो युनाइटेड

सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अंक बनाएर छ अंकको अग्रता कायम गरेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

kumari

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध १-० को जित निकालेको छ। शनिबार राति एभर्टनको मैदानमा सम्पन्न खेलमा सिटीले जित निकालेको हो।

सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अंक बनाएर छ अंकको अग्रता कायम गरेको छ। यता शनिबार रातिका लागि तोकिएको चेल्सी र लेस्टर सिटीको खेल भने रोकिएको छ। चेल्सीले आज राति काराबाओ कपको फाइनलमा लिभपरपुलको सामना गर्नुपर्ने भएकाले सो खेल स्थगित भएको हो।

गए रातिकै अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले वाटमाफेर्डसँग गोलरहित बराबरी खेलेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा उसले बराबर खेलेको हो। यो बराबरीसँगै ४७ अंक बनाएको युनाइटेड चौथो स्थानमा छ। यता तीन खेल कम खेलेको आर्सनले भने ४५ अंकका साथ पाँचौं स्थानमा छ। लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको ६० अंक छ भने तेस्रो स्थानको चेल्सीको ५० अंक रहेको छ।

प्रकाशित: Feb 27, 2022| 08:55 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।