शुक्रबार, फागुन २२, २०८२

बेञ्जेमाको लेट गोलमा रियललाई नौ अंकका अग्रता

फरवार्ड करिम बेञ्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेपछि रायो भालोकानोको मैदानमा रियल मड्रिडले घरेलु टिमविरुद्ध १-० को जित निकालेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- फरवार्ड करिम बेञ्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेपछि रायो भालोकानोको मैदानमा रियल मड्रिडले घरेलु टिमविरुद्ध १-० को जित निकालेको छ।

खेलको ६६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको रियलले साँघुरो जित निकालेको हो। खेल अवधिभर विपक्षीको पोस्टमा १३ प्रहार गरे पनि रियलले छ पटक मात्र पोस्टको सही दिशामा प्रहार गरेको थियो।

यता रायो भालोकानोले रियलविरुद्ध १९ प्रहार गरेको थियो। तर गोल गर्नसकेन। साँघुरो जितसँगै रियलले ला लिगाको शीर्षस्थानमा नौ अंकका अग्रता बनाएको छ। रियलले २६ खेलबाट ६० अंक बनाएको हो।

त्यस्तै, दोस्रो स्थानको सोभियाको ५१ र तेस्रो स्थानको रियल बेटिसको ४६ अंक छ। रायो भालोकानो भने ३१ अंकका साथ १२ औं स्थानमा छ।

ला लिगामा गएराति नै भएको खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोविरुद्ध २-० गोलको जित निकालेको छ। यो जितसँगै एट्लेटिको ला लिगामा ४५ अंक भएको छ।

kumari

प्रकाशित: Feb 27, 2022| 08:25 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।