काठमाडौं- नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २७ गते हुने भएको छ। शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन सार्ने निर्णय गरेको हो।
कार्यसमितिको निर्णय अनुसार जिल्ला अधिवेशन फागुन २७ र २८ गते हुने छ। फागुन २७ गते उद्घाटन सत्रपछि मनोनयन दर्ता गरी २८ गते निर्वाचन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी थिए।