मंगलबार, भदौ २, २०८३

माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक : एमसीसीबारे निर्णय लिने

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने तय भएको छ। बैठकमा एमसीसीबारे छलफल बताइएको छ।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीको बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। 

माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसीसीका विषयमा छलफल भएको थियो। 

कांग्रेस र एमालेबीच एमसीसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका छन्।

शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। सत्ता गठबन्धन टुटेमा कांग्रेस र एमाले एक ठाउँमा आउने सम्भावना बढेसँगै माओवादी र एकीकृत समाजवादी एमसीसीका पक्षमा लचिलो बनेका हुन्।

आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: Feb 27, 2022| 07:55 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...