मंगलबार, भदौ २, २०८३

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सापकाटाले आइतबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। 

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

आइतबार दिउँसो १ बजेका आह्वान गरिएको प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ। बैठकमा संसद्‍‍मा जारी अवरोधलगायत विषयमा छलफल न्यौपानेले बताए।

यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले असहभागी हुँदै आएको छ।

प्रकाशित: Feb 27, 2022| 07:45 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...