शुक्रबार, फागुन २२, २०८२

फाप्ला सरकारको 'ड्रिम प्रोजेक्ट' हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठूलो 'ड्रिम प्रोजेक्ट' रहेको बताएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

धनगढी- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठूलो 'ड्रिम प्रोजेक्ट' रहेको बताएका छन्। शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन्।

धनगढी उपमहानगरपालिका-३ फाप्लामा रहेको मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए। हालै मात्र मन्त्रिपरिषद्को बैठकबाट मैदान निर्माणका लागि स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अरब रकम लागत अनुमान गरिएको समेत जानकारी दिए।

भौगोलिक उपलब्धता पर्याप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले भने, 'जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठुलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ।' क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पूर्वाधारहरू समेत निर्माण गरिने उनले प्रस्ट पारे।

बहुवर्षिय योजनाको मोडालिडिमा निर्माण गर्ने भनिएको फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रको समेत लगानी समेटिने बताउँदै मन्त्री अथकले समयमै (३ वर्षभित्रै) मैदान निर्माण सम्पन्न गर्न स्थानीयस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताए। 

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताए। 'राज्य विशेषगरी सिंहदरबारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छ', खेलप्रति राज्यको दृष्टिकोण प्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री अथकले भने, 'यस प्रकारको दृष्टिकोणलाई बदल्नु नै अहिलेको प्रमुख चुनौती बनेको छ । अब खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ।'

kumari

शुक्रबार नै मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरीक्षण गरेका थिए। अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 27, 2022| 06:55 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।