काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा छलफल हुने छ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।
यसअघि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित भएको थियो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएकोमा त्यस यता संसद् बैठक बस्न सकेको छैन।
प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ। बैठक सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजेका लागि आह्वान गरेका छन्।