मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मध्यमार्गको खोजीमा छौँ : प्रचण्ड, झलनाथ भन्छन्- मध्यमार्गबारे थाहा छैन

मध्यमार्गको खोजीमा छौँ : प्रचण्ड, झलनाथ भन्छन्- मध्यमार्गबारे थाहा छैन

तर बाहिरिने क्रममा दाहालले दिएको अभिव्यक्ति नेकपा एसका नेता झलनाथ खनालको अभिव्यक्तिसँग मेल खाएन। परस्परमा बाझियो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शनिबार सिंहदरवारमा नेकपा एसका नेताहरूसँग छलफल गरे। तर बाहिरिने क्रममा दाहालले दिएको अभिव्यक्ति नेकपा एसका नेता झलनाथ खनालको अभिव्यक्तिसँग मेल खाएन। परस्परमा बाझियो।

दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने 'मध्यमार्ग'को खोजीका लागि छलफल भइरहेको बताए। तर खनालले भने आफूलाई मध्यमार्गबारे थाहै नभएको दाबी गरेका थिए। 

पत्रकारहरुका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्नेसमेत दाहालको भनाय थियो। ‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतिको बाटोबाटै अघि बढछ,’ अध्यक्ष दाहालले भने। 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको समेत बताएका थिए। छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका नेता झलनाथ खनाल पनि सहभागी थिए। 

सञ्चारकर्मीसँग कुरा गर्दै खनालले दाहालको भन्दा विपरीत जवाफ दिए। एमसीसीको विषयले सरकारमा रहने वा नरहने विषय पनि निर्धारण गर्ने बताएका थिए। खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका हुन्। सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको उनको दाबी थियो। 

‘एमसीसी यथास्थितिमा पास हुँदैन। हाम्रो अडान यही हो। यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं,' खनालले थपे, 'सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौँ। अब एमसीसीको मुद्दा कसरी टुंगिन्छ, त्यसले धेरै कुराहरु निर्णय गर्छ। त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउन्डमा छौं।'

एमसीसी पनि पास गर्ने र सरकारबाबाट नबाहिरिनका लागि चर्चामा आएको मध्यमार्गी बाटोको विषयमा आफू अनभिज्ञ भएको उनको दाबी थियो। 'पत्रपत्रिका छापिएको कुरा मैले पनि पढेँ। अब कसकसले त्यो खोजेको हो? त्यो खोजेको कुरा हामीसँग आईसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन। तर, दुईटा मार्ग छन्। एस वा नो। हामी यथास्थितिमा नो भन्छौं। राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं।’

खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारेका थिए।

यद्यपि खनालले दिने अभिव्यक्ति उनको निजी भएको भन्दै नेकपा एसकै नेताहरूले टिप्पणी गर्न थालेका छन्। तर प्रचण्डको अभिव्यक्तिविरुद्ध माओवादीका नेताहरू हतपत अभिव्यक्ति दिन चाहँदैनन्। 

प्रकाशित: Feb 26, 2022| 18:58 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...