आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग सकिँदै गर्दा तोडियो मछिन्द्रको ११ खेल लामो ‘क्लिन सिट’

ए डिभिजन लिग सकिँदै गर्दा तोडियो मछिन्द्रको ११ खेल लामो ‘क्लिन सिट’

सहिद स्मारक ए डिभजन लिगको अन्तिम खेलमा एपीएफलाई २–१ ले हराएपछि अपराजित रहँदै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। उपाधि रक्षा गरे पनि पछिल्लो ११ खेलबाट बचाउँदै आएको क्लिन सिट भने रक्षा गर्न सकेन।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभजन लिगको अन्तिम खेलमा एपीएफलाई २–१ ले हराएपछि अपराजित रहँदै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। उपाधि रक्षा गरे पनि पछिल्लो ११ खेलबाट बचाउँदै आएको क्लिन सिट भने रक्षा गर्न सकेन।

National life

खेलको ६९ औं मिनेटमा एपीएफका प्रदिप लामाले मछिन्द्रविरुद्ध गोल गर्दै उसको क्लिन सिट यात्रामा पूर्णविराम लगाइदिए। त्यसपछि एक हजार ९८ मिनेटसम्म गोल नखाएको मछिन्द्रल गोल बेहार्‍यो।

४३ औं संस्करणको लिगलाई विदाई गर्ने क्रममा दशरथ रंगशालामा आयोजित खेलमा मछिन्द्रलाई एपीएफले निकै उत्कृष्ट फाइट दियो। खेलको सातौं मिनेटमै विकी तामाङको क्रसमा एपीएफका आशिष लामाले पेनाल्टी बक्स भित्रबाट गोलको प्रयास गरे पनि गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए। त्यस्तै, २१ औं मिनेटमा विशाल राईको पासमा अभिषेकले उनै उत्कृष्ट प्रहार गरे पनि गोलकिपर युया कुरियामाले राम्रो बचाउ गरे।

खेलको ३२ औं मिनेटमा पनि आशिषकै हेडर गोलकिपर श्रेष्ठले बचाए। 

दोस्रो मिनेटमै रन्जित धिमाल सब्स्टिच्युट भएपछि कप्तानीको आर्मब्यान्ड लगाएका अभिषेक गुरुङले आन्द्रश नियाँबाट पाएको बललाई 'राइट टाइम राइट सुट' गर्दै गोल गरे।

Laxmi sunrise bank
kumari

गोकिपर अघि बढिसकेको अवस्थामा उनले एपीएफका राजन गुरुङलाई उछिन्दै गोल गरेका थिए। यससँगै पहिलो हाफमा मछिन्द्र एक गोलले अघि रह्यो। 

दोस्रो हाफको ५४ औं मिनेटमा आशिष लामाले प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो। पछिल्लो सिजनको लिगमा सर्वाधिक गोलकर्ता रहेका आशिष लामाले मछिन्द्रविरुद्ध गुमाएको यो तेस्रो सुनौलो अवसर थियो।

खेलको ६५ औं मिनेटमा रवी थिङले आशिषबाट पाएको पासमा गोल गर्न सकेनन्। दोस्रो हाफमा मछिन्द्रले एपीएफसँग दबाब झेले पनि विभागीय टिमले गोल गर्न सकेन। दोस्रा हाफको सुरुबाटै एपीएफले मछिन्द्रको वरिपरी बल घुमाइरह्यो।

तर, ६९ औं मिनेटमा मछिन्द्रको ११ खेलको लामो क्लिब सिट तोडियो। गोलकिपर विशाल श्रेष्ठले बनाएको एक हजार मिनेटभन्दा लामो (एक हजार ९८ मिनेट) क्लिन सिट लिगको अन्तिम खेलमा तोडिँदा गोल गर्ने खेलाडी रहे प्रदिप लामा।

मछिन्द्रले लिगको पहिलो खेलमा एनआरटीसँग गोल बेहोरेपछि गोलको सामना गरेको थिएन। तर अन्तिम खेलमा उसले गोलको सामना गर्‍यो। लिगको आफ्नो पहिलो खेलको ५४ औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि किकमार्फत् गोल गरेका थिए।

यो लिगमा सबैभन्दा धेरै खेलको क्लिन सिट राखेका गोलकिपर हुन विशाल। खेलको ८१ औं मिनेटमा मछिन्द्रले गोल फर्काएर फेरि अग्रता आफ्नो हातमा लियो। रेजिन शुब्बाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अग्रता आफ्नो हातमा लिएका थिए। त्यसपछि फेरि एपीएफ दबाबमा आएको थियो। खेलको निर्धारित समयमा दुई मिनेट बाँकी रहँदा दुवै टिमका १-१ खेलाडीले डबल पहेँलो कार्डको सजाय पाए। खेलाडी आफैं द्वन्द्वमा उत्रिएको देखेपछि रेफ्री सुमन श्रेष्ठले एपीएफका आवास लामिछाने र मछिन्द्रका सेनाम गन्गुपो भुटियालाई दोहोरो पहेँलो कार्ड देखाएका थिए। यससँगै दुवै टिम १०–१० खेलाडीमा समेटिएका थिए।

प्रकाशित: Feb 26, 2022| 18:53 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।