मंगलबार, भदौ २, २०८३

सिंहदरबारमा नेपालसँग भेटेपछि प्रचण्डले भने- गठबन्धन टुट्दैन

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन्। सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका हुन्।

शनिबार सिंहदरवारमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुसँग प्रचण्डले यस्तो दाबी गरेका हुन्। पत्रकारहरुका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने समेत बताए।

‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतिको बाटोबाटै अघि बढछ,’ अध्यक्ष दाहालले भने। 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको समेत बताएका थिए। छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल पनि सहभागी थिए। 

प्रकाशित: Feb 26, 2022| 18:35 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...