बिहीबार, असार ४, २०८३

थोत्रा गाडीले कुरूप देखिन्छ सरकार [फोटोफिचर]

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुपार्ने गरिन्छ। मर्मत गरेर मजाले चलाउन सकिने गाडीका ठाउँमा नयाँ ल्याइन्छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुपार्ने गरिन्छ। मर्मत गरेर मजाले चलाउन सकिने गाडीका ठाउँमा नयाँ ल्याइन्छन्।

National life

मर्मत नगरी नयाँ गाडी किन्दा कमिसन आउने भएकाले पुराना मर्मत गर्न भन्दा नयाँ किन्न रुचाउँछन् सरकारका प्रतिनिधिहरू। यस्तो प्रवृत्ति मौलाएको लामै भइसकेकाले गाडी मात्र कुरूप पारिएको छैन, कार्यालय परिसर पनि कुरूप बनाइएका छन्। 

केही वर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी प्रशस्तै देखिन्छन्। पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्।

कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका छन्। ती वर्षौंदेखि थन्किएका गाडी मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थुपारिएका गाडीको तस्बिर न्युज एजेन्सीले संकलन गरेको हो। 

Shivam cement

प्रकाशित: Feb 26, 2022| 17:27 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।